आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

सूचनाको हक समृद्ध लोकतन्त्रको आधार हो- मन्त्री लामिछाने


  • आक्रमण न्युज
  • २०८२ अषाढ २१, शनिबार मा प्रकाशित १ साल अघि
  • ३०९ पाठक संख्या
  • टिकादत्त तिमिल्सिना

    चितवन । सूचनाको हक प्रवर्दनसम्बन्धी महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा सम्पन्न भएको छ । प्रदेश सूचना पुनरावेदन समिति वाग्मती प्रदेशको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सम्पन्न कार्यक्रममा सूचनाको हक नागरिकको मौलिक अधिकार भएको भन्दै सबै तहमा पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्नुपर्नेमा जोड दिइएको छ ।

    कार्यक्रमको अध्यक्षता प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने रहनुभएको थियो ।
    मन्त्रालयका सचिव कृष्ण बहादुर शाही विशिष्ट अतिथि रहनुहुँदै, सूचनाको हकको व्यवहारिक पक्ष र कानुनी प्रक्रिया सम्बन्धमा धारणा राख्दै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

    अन्तर्क्रियामा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, चितवनमा क्रियाशील पत्रकारहरू, नागरिक समाजका अगुवाहरु तथा सूचना अधिकारमा चासो राख्ने सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सूचना पुनरावेदन समितिका सदस्य कृष्ण साह मगरले दिनुभएको थियो ।
    दोस्रो चरणको सत्रमा सह-सचिव र समितिका अध्यक्ष अधिकारीले सूचनाको मौलिक अधिकारका कानुनी प्रावधान, अभ्यासका चुनौती र आम नागरिकका लागि सूचनाको पहुँचसम्बन्धी विस्तृत व्याख्या प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमले नागरिक–सरकार सम्बन्धलाई थप उत्तरदायी, पारदर्शी र लोकतान्त्रिक बनाउने दिशामा सकारात्मक सन्देश दिएको सहभागीहरूको धारणा रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑