
हरिप्रसाद अधिकारीको नेतृत्वमा ११ सदस्यीय समिति चयन
चितवन । नेपाल मानव अधिकार संगठन चितवनको पुनर्गठन गरी नयाँ कार्यसमिति चयन गरिएको छ । भरतपुरमा सोमबार सम्पन्न बैठकबाट हरिप्रसाद अधिकारीको सभापतित्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
समितिको उपसभापतिमा दिपक लामिछाने, सचिवमा दिपक श्रेष्ठ, उपसचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा चित्रबहादुर रानामगर चयन भएका छन् । यस्तै, सदस्यहरूमा घनश्याम पौडेल, जनकराम सापकोटा, नारायणप्रसाद रेग्मी, रविन्द्र बराल, संगम जोशी र विना तामाङ चयन भएका छन् ।



बैठक नेपाल मानव अधिकार संगठनका निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बालकृष्ण पौडेलको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । बैठकले संगठनलाई थप सशक्त, सक्रिय र जनउत्तरदायी बनाउँदै अगामी दिनमा मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका गतिविधिहरूलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस