आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

नेपालका सडक छैनन सुरक्षित ? दुर्घटनामा दैनिक ७ को मृत्यु


  • आक्रमण न्युज
  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित १ साल अघि
  • २८७ पाठक संख्या
  • होमनाथ न्यौपाने
    भरतपुर।नेपालमा सडक सवारी दुर्घटना बढ्दो छ। नेपालमा औषत दैनिक 85 सडक दुर्घट्ना हुन्छन्। दुर्घटनाका कारण दैनिक ७ जना मानिसको मृत्यु हुन्छ भने ४० जना घाइते हुने विभिन्न अनुसन्धानले बताएको पाइन्छ। नेपालमा कुल सडकको लम्वाई करिब ७५ हजार कि मि को आसपासमा रहेको छ।कुल सडक मध्ये करिव १५ हजार कि मि सडक कालोपत्रे छ।३० हजार कि मि सडक बाह्र महिना सवारी साधन सञ्चालन हुन्छन्।बाकि सडकको अवस्था सन्तोषजनक छैन। नेपालमा सडक दुर्घट्नाका प्रमुख कारणहरुमा
    सडकको रोड सेफ्टी अडिट नहुनु।सडकमा ब्लाक स्पट अध्ययन नहुनु।पुराना सवारी साधन सञ्चालन हुनु। सवारी चालक सिकारु हुनु। मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्नु। यात्रुको दवाव।समयमा सवारी साधन मर्मत सम्भार नहुनु। क्षमता भन्दा बढी यात्रु वाेक्नु। तिव्र गति ।सवारी साधन मर्मत गर्ने ग्यारेजको मापदण्ड नहुनु।सवारी चालकको शैक्षिक योग्यता नतोक्नु। सामान्य ट्राफिक नियम पनि नजान्नु रहेका छन्।सवारी साधन चलाउँदा सानो गल्तीले पनि ज्यान जान सक्छ।सजक र सचेत भई सवारी साधन चलाऔ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑