Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

मलेसियाका लागि नेपाली राजदूतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण


  • आक्रमण न्युज
  • २०८२ भाद्र १८, बुधबार मा प्रकाशित १ साल अघि
  • २२१ पाठक संख्या
  • काठमाडौं, १८ भदाै‌‌ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले मलेसियाका लागि नेपाली राजदूत नेत्र प्रसाद तिम्सेनाको गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

    संघले जारी गरेको विज्ञप्तिमा मिति २०७९/०२/२६ मा परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण गरिएको विधानअनुसार, राष्ट्रिय समन्वय परिषद्–मलेसियाको नवौं महाधिवेशन २०२५/०७/२७ मा वैधानिक रूपमा सम्पन्न भई सर्वसम्मतिले कार्यसमिति निर्वाचित भएको स्मरण गराइएको छ। तर, संघको विधानले तोकेको समयसीमा बाहिर आयोजित एक कार्यक्रममा राजदूतले आधिकारिक सहभागिता जनाउँदै निर्वाचित कार्यसमितिको अपहेलनापूर्ण व्यवहार देखाएको भन्दै आपत्ति जनाइएको छ।

    विज्ञप्तिमा भनिएको छ, “राजदूतले वैधानिक निमन्त्रणा अस्वीकार गर्नु मात्र नभई विधानविपरीत कार्यक्रमलाई समर्थन गर्नु, निर्वाचित पदाधिकारीमाथि पदको मर्यादा विपरीत आरोप लगाउनु र सर्वोच्चमा विचाराधीन मुद्दाको अपहेलनासमेत गर्नु गैरजिम्मेवार र निन्दनीय कार्य हो।” संघले यस्तो कदमले विश्वभरिका गैरआवासीय नेपालीबीचको एकता, विश्वास र संस्थागत गरिमामा गम्भीर चोट पुर्‍याएको आरोप लगाएको छ। साथै, भविष्यमा यस्ता गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन प्रधानमन्त्री कार्यालय र सम्बन्धित निकायसँग तत्काल आवश्यक कदम चाल्न माग गरेको छ। संघले विदेशमा रहेका नेपालीलाई एकताबद्ध गर्नुपर्ने बेलामा नेपालका जिम्मेवार नेताहरू समेत विभाजनकारी कार्यक्रममा सहभागी भएकोप्रति दुःख प्रकट गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑