आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

“पुरुष यौन हिंसा र पितृसत्तात्मक सोच अन्त्यतर्फ बोइज इनिसिएटिभको पहल — वीरेन्द्रनगरमा बृहत छलफल सम्पन्न”


  • आक्रमण न्युज
  • २०८२ कार्तिक १७, सोमबार मा प्रकाशित १0 महिना अघि
  • १८७ पाठक संख्या
  • सुर्खेत । शक्ति समूहद्वारा सञ्चालित ‘डाउन टु जिरो सुफासेफ परियोजना’ अन्तर्गत बोइज इनिसिएटिभको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा पुरुष यौन हिंसा र पितृसत्तात्मक समाजका कारण व्याप्त रहेका समस्यामाथि केन्द्रित बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा सहभागी वक्ताहरूले पितृसत्तात्मक सोच, सामाजिक परम्परा र पुरुष यौन हिंसाजस्ता विषयमा खुला संवाद र चेतनाको विस्तारले मात्र दीर्घकालीन परिवर्तन सम्भव हुने बताएका थिए।

    बोइज इनिसिएटिभ नेपालका दुई जिल्ला काठमाडौँ र सुर्खेतमा सञ्चालनमा रहेको र सुर्खेत शाखाले गत ६ महिनाको अवधिमा समस्या पहिचान, युवा तथा बालबालिका संवाद, विद्यालय सचेतना कार्यक्रम, शिक्षक–अभिभावक अन्तरक्रिया तथा विद्यालय व्यवस्थापन समितिसँग सहकार्यजस्ता गतिविधि सञ्चालन गरेको शाखाका फोकल पर्सन वीरेन्द्र सोडारीले जानकारी दिए।

    उनका अनुसार यी गतिविधिहरूले विद्यालय र समुदायमा पुरुष र महिलाबीचको समानता, परस्पर सम्मान र हिंसामुक्त वातावरण निर्माणतर्फ सकारात्मक प्रभाव पारिरहेका छन्।

    त्यसैगरी, शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले बोइज इनिसिएटिभ परियोजना परीक्षण चरणमै रहे पनि यसले ल्याएको सामाजिक प्रभाव उल्लेखनीय रहेको बताइन्। उनले स्थानीय निकाय, विद्यालय तथा सरोकारवाला निकायहरूले परियोजनाप्रति अपनत्व लिएर दीर्घकालीन सहकार्य गर्नुपर्नेमा जोड दिँदै सुर्खेत जिल्लामा परियोजना कार्यान्वयनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्।

    कार्यक्रममा सुर्खेत जिल्लाका महिला, बालबालिका र युवा क्षेत्रमा क्रियाशील करीब २४ जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑