
उद्घाटन समारोहमा प्रमुख अतिथि अर्यालले चितवनमा भइरहेका मेला–महोत्सवहरूले पर्यटनदेखि स्थानीय आर्थिक गतिविधिसम्मलाई चलायमान बनाएको उल्लेख गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धनमा यस्ता कार्यक्रम अत्यन्त महत्त्वपूर्ण हुने बताए।
कार्यक्रममा नेपाली जुत्ता घर प्रा.लि.का पूर्वअध्यक्ष होमनाथ उपाध्यायले मेलाको उद्देश्य र तयारीका बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
मेलामा बेस फुटवेयर, बेस ग्लोबल, आर्जन फुटवेयर एण्ड गार्मेन्ट, शुभकामना फुटवेयर, शिखर शुज, उत्सव फुटवेयर, स्मार्ट शुजलगायतका प्रसिद्ध ब्रान्डका १००० भन्दा बढी मोडलका जुत्ता, चप्पल तथा छालाजन्य वस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएका छन्।
लेडिज, जेन्स तथा बच्चाका सबै प्रकारका फुटवेयरमा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार मेलामा करिब ३० हजार जोडाप्रति जुत्ता–चप्पल बिक्री हुने र २ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
मेलामा ५० हजारभन्दा बढी अवलोकनकर्ता भित्रिने र यसले मन्दीले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।
स्वदेशी उत्पादन प्रवर्द्धन, उपभोक्तामा स्वदेशी सामग्री प्रयोगको सन्देश फैलाउने, विदेशी उत्पादलाई प्रतिस्थापन गर्ने र उत्पादक–ग्राहकबीच प्रत्यक्ष संवादका माध्यमबाट गुणस्तर सुधार गर्न सहयोग पु¥याउने उद्देश्य मेलाले बोकेको छ।
स्थानीय जुत्ता–चप्पल उद्योगीहरूलाई प्रोत्साहन गर्न कुल स्टल संख्याको ५% स्थानीय प्रदर्शकका लागि छुट्याइने उल्लेख गरिएको छ।
मेलामा दैनिक किनमेल गर्ने ग्राहकलाई कुपन प्रदान गरिनेछ। पुष २० गते हुने ‘लक्की–ड्र’ मार्फत एक जनाले आकर्षक बम्पर उपहार प्राप्त गर्नेछन्।
त्यसैगरी चितवन फुटवेयर एक्स्पोको फेसबुक पेज लाइक–शेयर गर्ने ग्राहकले तुरुन्त २% क्यासब्याक पाउने व्यवस्था गरिएको छ।
निःशुल्क प्रवेशका साथ सञ्चालन भएको मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, फुटवेयर म्यानुफ्याक्चरर एशोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गरेका थिए भने फुटवेयर म्यानुफ्याक्चरर एशोसिएसन नेपालका उपाध्यक्ष जीवन श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस