आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

ठोरी गाउँपालिकामा बृहत योग प्रशिक्षण  एवं योग अभ्यास  शिविर सञ्चालन हुने


  • आक्रमण न्युज
  • २०८२ माघ १४, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ३५६ पाठक संख्या
  • स्वास्थ्य र सुन्दरताको लागी योग भन्ने मूल नाराका साथ पतन्जली योग समिति नेपालको केन्द्रीय प्रभावशाली व्यक्तित्व लवदेव मिश्र ज्यूको मुख्य प्रशिक्षणमा ठोरी गाउँपालिकाकै इतिहासमा पहिलो पटक वृहत योग शिविर तथा योग प्रशिक्षण तालीम  सञ्चालन हुने भएको छ।
    योग गरौँ, स्वस्थ रहौँ भन्ने मूल नारालाई सार्थकता प्रदान गर्ने हेतुले सुगर, प्रेसर, कलेस्ट्रोल, नसा सम्वन्धी रोग , ढाड कम्मर दुख्ने समस्या, पायल्स, निसन्तान सम्वन्धी समस्या समाधान एवम्  मानसीक रोग  डिप्रेशन, एन्जाइटी सम्वधी समस्या लगायत, विधार्थीको लागी मेमोरी पावर बढाउन समेत  योगाभ्यासले मद्दत गर्ने भएकाले  निसुल्क रुपमा विहान ५:३० देखी ७:३० सम्म याेग अभ्यास कार्यक्रम र त्यसपछि विहान ९ वजेदेखी ५ वजेसम्म याेग शिक्षक तालिम सन्चालन हुने छ । यसकालागि ठोरी गाउँपालिका वडा नं १,२, ३ र ५ बाट कार्यक्रममा सहभागी हुन चाहनेलाई यातायातको समेत सुविधा प्रदान गरिएको आयोजक टिमका व्यवस्थापन समिती सदस्य
    सन्तोष  कुमार श्रेष्ठले  बताएका छन ।
    ठाेरी गाउँपालिका वडा नम्बर ४ मा सन्चालन हुने उक्त कार्यक्रम  पतन्जली योग समिति नेपाल र ठोरी गाउँपालीका वडा न ०४ को समन्वयमा यही माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालनमा रहने आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट