आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

काठमाडौंमा मतदानपछि हेलिकप्टरमार्फत झापा जाँदै बालेन शाह


  • आक्रमण न्युज
  • २०८२ फागुन २१, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १२३ पाठक संख्या
  • काठमाडौं । बालेन्द्र शाह (बालेन) काठमाडौंमा मतदान गरेपछि हेलिकप्टरमार्फत झापा जाने भएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहले काठमाडौं–२ अन्तर्गतको मतदान केन्द्रमा मताधिकार प्रयोग गरेपछि झापा प्रस्थान गर्न लागेका हुन्। सुरक्षा स्रोतका अनुसार उनी Mountain Air को हेलिकप्टरमार्फत झापा जाने तयारीमा छन्।

    केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ। शाहले झापा निर्वाचन क्षेत्र नम्बर ५बाट उम्मेदवारी दिएका छन्।

    उक्त क्षेत्रमा केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवारसँग उनको प्रतिस्पर्धा हुने भएको छ।

    निर्वाचनको दिन काठमाडौंमा मतदान गरेपछि उम्मेदवारी दिएको क्षेत्र झापा पुगेर चुनावी गतिविधि र मतदानको अवस्थाबारे जानकारी लिन उनी त्यसतर्फ प्रस्थान गर्न लागेको स्रोतले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑