
काठमाडौं । सुशीला कार्कीले संघीय निर्वाचन अन्तर्गत आज आफ्नो मताधिकार प्रयोग गरेकी छन्।
प्रधानमन्त्री कार्कीले धापासीस्थित धापासी निमावि मतदान केन्द्र (फैमालचुली केन्द्र) पुगेर मतदान गरेकी हुन्।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आजको दिन आफ्ना लागि अत्यन्तै खुसीको दिन भएको बताइन्। लोकतान्त्रिक प्रणालीमा नागरिकले मताधिकार प्रयोग गर्ने अवसरलाई महत्वपूर्ण मान्दै उनले सबै मतदातालाई सक्रिय सहभागिताका लागि आग्रह समेत गरिन्।
देशभर आज प्रतिनिधिसभातर्फका १६५ निर्वाचन क्षेत्रका लागि मतदान भइरहेको छ भने समानुपातिक प्रणाली अन्तर्गतका ११० सिटका लागि पनि मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।

प्रतिक्रिया दिनुहोस