
काठमाडौं । रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज आफ्नो मताधिकार प्रयोग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले काठमाडौं क्षेत्र नम्बर–३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलमा पुगेर मतदान गरेका हुन्।
मतदानपछि उनले मतपत्र मतपेटिकामा खसालेर मतपेटिकामा ढोगेको दृश्य पनि देखिएको थियो। लामिछानेले मतदान प्रक्रियाप्रति सम्मान व्यक्त गर्ने प्रतीकका रूपमा मतपेटिकामा ढोगेको बताइएको छ।
लामिछाने भने यस निर्वाचनमा चितवन क्षेत्र नम्बर–२बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा रहेका छन्। त्यस कारण उनले आफूलाई भने प्रत्यक्ष रूपमा मतदान गर्न नपाउने अवस्था रहेको जनाइएको छ।
देशभर आज प्रतिनिधिसभा र समानुपातिकतर्फको मतदान जारी रहेको छ भने विभिन्न स्थानमा मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस