आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सकियो


  • आक्रमण न्युज
  • २०८२ फागुन २१, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • ४३ पाठक संख्या
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज देशभर सञ्चालन भएको मतदान कार्य निर्धारित समयसँगै सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्मका लागि तय गरिएको थियो । सोही अनुसार अधिकांश मतदान केन्द्रमा साँझ ५ बजेसँगै मतदान प्रक्रिया समाप्त भएको हो ।

    निर्वाचन आयोगका अनुसार मतदानको निर्धारित समय सकिए पनि साँझ ५ बजे अगावै मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले भने आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो । यसअनुसार कतिपय स्थानमा केही समय थप मतदान पनि भएको जनाइएको छ ।

    देशभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सुरक्षा निकायको कडा सुरक्षा व्यवस्थाबीच मतदाताले उत्साहपूर्वक मतदानमा सहभागिता जनाएका थिए । ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म बिहानैदेखि मतदाताको उल्लेख्य भीड देखिएको थियो ।

    निर्वाचन आयोगका अनुसार देशभरका अधिकांश मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याउने तयारी भइरहेको छ । आज रातिदेखि वा भोलि बिहानबाट विभिन्न जिल्लामा मतगणना सुरु हुने सम्भावना रहेको आयोगले जनाएको छ ।

    यस निर्वाचनमार्फत प्रतिनिधिसभाका सदस्य चयन गरिने भएकाले देशभर राजनीतिक दल तथा उम्मेदवारहरू नतिजा पर्खाइमा रहेका छन् । मतगणना सुरु भएसँगै क्रमशः नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट