आज: २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026

स्विटजरल्याण्ड छैन कमजोर, दिन सक्छ अर्जेन्टिनालाई चुनौती


  • आक्रमण न्युज
  • २०८३ अषाढ २८, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • ५ पाठक संख्या
  • काठमाडौं । लियोनेल मेसीको अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकपको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दैछ।

    यस प्रतियोगितामा मेसीले ८ गोल गरिसकेका छन् र हाल ‘गोल्डेन बुट’ को दौडमा दोस्रो स्थानमा छन्, थप एक गोल गरेमा उनी शीर्ष स्थानमा उक्लनेछन्। यो खेल अब एकछिन पछि ६ः४५ बजेवाट सुरू हुदैँछ ।

    अर्जेन्टिना र स्विट्जरल्याण्डबीच सातवटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। यीमध्ये अर्जेन्टिनाले ५ खेल जितेको छ भने दुई खेल बराबरीमा टुंगिएका छन्। स्विट्जरल्याण्डले अर्जेन्टिनालाई कहिल्यै हराउन सकेको छैन।

    फिफा विश्वकपमा यी दुई टोली तेस्रो पटक आमनेसामने हुँदैछन्। उनीहरू पहिलो पटक सन् १९६६ को विश्वकपमा भिडेका थिए, जसमा अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई २–० ले पराजित गरेको थियो। सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाले १–० को जित हासिल गरेको थियो।

    साविक विजेता अर्जेन्टिना यस प्रतियोगितामा अपराजित रहेको छ। टोलीले आफ्ना पाँचवटै खेल जितेको छ। समूह चरणमा अर्जेन्टिनाले अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गर्‍यो।

    ‘राउन्ड अफ ३२’ मा टोलीले काबो भर्डेको सामना गर्‍यो र ३–२ को जित हासिल गर्‍यो। त्यसपछि ‘राउन्ड अफ १६’ मा इजिप्टलाई ३–२ ले पराजित गर्दै टोली क्वार्टरफाइनलमा प्रवेश गर्‍यो।

    उता, स्विट्जरल्याण्डको टोली यस विश्वकपमा अपराजित रहेको छ। टोलीले खेलेका पाँच खेलमध्ये चारमा जित र एकमा बराबरीको नतिजा निकालेको छ। समूह चरणमा टोलीले बोस्नियालाई ४–१ र क्यानडालाई २–१ ले पराजित गर्‍यो भने कतारविरुद्धको खेल १–१ को बराबरीमा सकियो।

    ‘राउन्ड अफ ३२’ मा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० ले हरायो। यस्तै, ‘राउन्ड अफ १६’ मा कोलम्बियाविरुद्धको खेलको निर्धारित समयसम्म नतिजा ०–ण्० रह्यो र त्यसपछि स्विट्जरल्याण्डले पेनाल्टी सुटआउटमा ४–३ को जित हासिल गर्‍यो।

    अर्जेन्टिनाले गोलका लागि पुनः एकपटक कप्तान लियोनेल मेस्सीमाथि नै भर पर्नेछ, यदि उनले स्वीस रक्षापंक्तिलाई तोड्न सके भने अर्जेन्टिनाका लागि खेल सहज हुनेछ। अघिल्लो खेलमा गोल गरेका एन्जो फर्नान्डेज र रोमेरोले पनि स्विट्जरल्यान्डका लागि चुनौती खडा गर्नेछन्।

    अर्कोतर्फ, स्विट्जरल्यान्डले आफ्ना कप्तान ग्रानिट जाकाको नेतृत्वमा अर्जेन्टिनाको आक्रमणलाई विफल पार्ने प्रयास गर्नेछ। साथै, गोलका लागि जोहान मानजाम्बीमाथि पनि आशा राखिनेछ, उनले यस प्रतियोगितामा हालसम्म तीन गोल गरिसकेका छन्।

    दुबै टोलीका लागि सम्भावित प्रारम्भिक ११ खेलाडीः

    अर्जेन्टिनाः एमी मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, ट्याग्लियाफिको, डी पॉल, एन्जो फर्नान्डेज, म्याक एलिस्टर, लियोनेल मेस्सी, जुलियन अल्भारेज, निकोलस गोन्जालेज।

    स्विट्जरल्यान्डः सोमर, विडमर, अकनजी, एलवेदी, रोड्रिगेज, फ्रायलर, ग्रैनिट जाका, शकीरी, सोव, वर्गास, एम्बोलो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट