आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त


  • आक्रमण न्युज
  • २०८३ श्रावण २५, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • ६ पाठक संख्या
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टीमको नयाँ कप्तानको जिम्मेवारी दिएको छ ।

    आगामी अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको अभिभारा दिइएको हो।

     

    क्रिकेटर लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको यो दोस्रो पटक हो। यसअघि कप्तानको जिम्मेवारी दिए पनि यौन दुर्ब्यवहारको मुद्दा परे पछि उनको कप्तानी खोसिएको थियो । सो मुद्दावाट उन्मुक्ति पाएको झन्डै दुई बर्ष पछि उनलाई पुनः कप्तानको जिम्मेवारी दिइएको हो ।

     

    जस अनुसार आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने प्रिमियर कपको कप्तानी अब सन्दीपले गर्नेछन्।

     

    सन्दीपसँगै क्यानले १४ सदस्यीय क्रिकेटर टोलीको पनि घोषणा गरेको छ। जसमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट