काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था, बाढीबाट भएको जनधनको क्षति तथा सङ्घीय संसद् र संसद् सचिवालयका कामकारबाहीमा पर्न सक्ने प्रभावका बारेमा छलफल गर्नुभएको छ ।
सभामुख अर्यालले आज सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव, राष्ट्रियसभाका सचिव तथा सचिवालयका सम्बन्धित पदाधिकारीसँग छलफल गर्नुभएको हो ।
छलफलमा सभामुख अर्यालले विपद्को यस घडीमा संसद् सचिवालयबाट गर्न सकिने सहयोग, आवश्यक समन्वय तथा प्रभावित क्षेत्रमा सहजीकरणका लागि सचिवालयलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस