आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

आजको मौसम: देशैभरको मौसम सामान्यतया सफा रहने


  • आक्रमण न्युज
  • २०८३ आश्विन १२, सोमबार मा प्रकाशित ४ घण्टा अघि
  • ११ पाठक संख्या
  • विज्ञान प्रविधि

    काठमाडौं, १२ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

    नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानहरू तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

    राति भने देशका हिमाली तथा पहाडी भू-भागमा र सुदूरपश्चिम अनि लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

    सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न र दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार तथा राहत कार्यमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनुका साथै विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑