आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

विवाहको वहानामा चीन पुर्‍याइ मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६२२ पाठक संख्या
  • जेष्ठ ८, २०८१
    काठमाडौं । विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका(१ ठेगाना भई चीनको हेइलोंगजियांग प्रोभिन्सको हर्बिन सिटीमा बसोबास गर्ने ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ ।


    पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(२७ ठमेलबाट पक्राउ गरेको हो ।
    मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० वैशाख १ गते चीनमा पुर्‍याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । मनमायाले पीडितलाई नेपाली ५ लाख रूपैयाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए ।
    उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑