आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काद्वारा शपथ ग्रहण


  • आक्रमण न्युज
  • २०८१ मंसिर २१, शुक्रबार मा प्रकाशित १२ महिना अघि
  • ७३३ पाठक संख्या
  • मंसिर २१, २०८१
    मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
    यही मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त हुनुभएका खड्काले आज प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठसमक्ष शपथ ग्रहण गर्नुभएको हो । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासमेत उपस्थित हुनुहुन्थ्यो ।
    दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले पूर्णता पाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट