आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

उखरमाउलो गर्मीका कारण पर्यटकले चौकी डाडा भरिभराउ , एचआर होलिडे होममा विशेष प्याकेज


Thumbnail
  • आक्रमण न्युज
  • २०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४५२ पाठक संख्या
  • होमनाथ न्यौपाने।
    भरतपुर। भरतपुर महानगरको सात प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक गन्तव्य चौकी डाडामा पर्यटकको आगमन वढेको छ। चितवन नवलपुर , रुपन्देही लगायतका जिल्लाबाट पर्यटकहरू आउने गरेका छन। भरतपुर लगायत आसपासको क्षेत्रमा उखरमाउलो गर्मी हुदा समुन्द्र सतहबाट करीब १२०० मिटरको उचाईमा अवस्थित चौकी डाडामा गर्मीको कुनै पर्वाह छैन। भरतपुरमा ४० डिग्री सेल्सियस तापक्रम हुदा चौकी डाडामा १८ डिग्री सेल्सियस आसपासमा हुन्छ। पहाडी भुगोलको हावापानी पाइने यो गन्तव्यवाट हिमाल तथा राप्ती भ्यालीको दृश्यावलोकन गर्न सकिन्छ।रातको समयमा देखिने राप्ती भ्यालीको झलमल्ल दृश्यले दार्जिलिङ सिक्किम तथा युरोपको झल्को मेटाउछ।
    भरतपुर महानगरपालिका वडा नं २९मा अवस्थित यो गन्तव्य प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट हिल स्टेसनको रुपमा परिचित छ ।उत्तरमा हिम श्रृङ्खला र दक्षिणमा नारायणगढ भरतपुर टाडी पर्सा चितवन, मकवानपुर , देवचुली मौलाकालिका देवघाट आदिको दृश्यावलोकन गर्न सकिन्छ। प्राकृतिक दृश्यावलोकन, भ्यु टावर अवलोकन,तारा खसेको खाल्डो, साहसिक पर्यटन अन्तर्गत प्याराग्लाइडिङ, भाइरल सिढि ,कविलास गढि,वोटानिकल गाडेन, प्रस्तावित पिकनिक स्थल, ट्रेकिङ, पुतली , कृषि पर्यटनको अवलोकन, साथै स्थानीय परिकार,महको अर्गानिक स्वादको मज्जा लिन सकिन्छ।
    नारायणगढबाट सार्वजनिक यातायात तथा निजी सवारी साधन प्रयोग गरि उक्त गन्तव्यमा पुग्न सकिन्छ। चौकी डाडाको प्रमुख गन्तव्यलाई सेभेन पोइन्टले परिचित भएको चौकी डाडा टोल विकास संस्थाका अध्यक्ष विवश गुरुड वताउनु हुन्छ।
    चौकी डाडाका सेभेन पोईन्ट
    चौकी डाडा, पर्यटन क्षेत्र अन्तर्गत प्रमुख सात गन्तव्य दृश्यावलोकनका लागि परिचित छन्।यि गन्तव्य लाइ समग्रमा सेभेन पोईन्ट ले परिचित छन्।
    * चौकी डाडा भ्यु टावर
    * तारा खसे खाल्डो
    * भाइरल सिढी
    * कविलास गढी र राजदरवार भग्नावशेष
    * प्याराग्लाइडिड स्टेसन
    * गोल्डेन गुफा
    * वोटानिकल गार्डेन
    पर्यटकको आगमन बढेसँगै स्थानिय पर्यटन व्यवसायीले खाना तथा वसाईमा विशेष सहुलियतको प्याकेज ल्याएको चौकी डाडा पर्यटन विकास समितिका अध्यक्ष एव एचआर होलिडे होमका अध्यक्ष रमेश पौडेल वताउनु हुन्छ। सौराहा, मेघौली घुम्न आउने पर्यटकहरुलाई एकपटक चौकी डाडा भ्रमण गरी गर्मीवाट छुटकारा लिन अध्यक्ष पौडेल आग्रह गर्नुहुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑