
काठमाडौँ । रोटरी क्लब अफ डिल्लीबजार–काठमाडौँले आफ्नो २६ औं चार्टर्ड नाइट कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम राजधानीको होटल येलो पगोडा, कान्तिपथमा आयोजना गरिएको थियो।



रोटरी वर्ष २०२४–२५ का लागि क्लबका अध्यक्षमा रोटेरियन सागर निधि तिवारी रहेका छन्। कार्यक्रममा क्लबका सदस्य, अतिथि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सांस्कृतिक वातावरणमा सम्पन्न कार्यक्रममा विविध प्रस्तुति तथा सहभागिता देखिएको थियो। कार्यक्रममा औपचारिक सत्रपछि ककटेल डिनर समेतको व्यवस्था गरिएको थियो।
रोटरी क्लबले विगत २५ वर्षदेखि सामाजिक सेवामा निरन्तर योगदान पुर्याउँदै आएको छ भने यो कार्यक्रमले संस्थागत पहिचानलाई अझ सशक्त बनाएको क्लबले जनाएको छ।


प्रतिक्रिया दिनुहोस