आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय समिति सदस्यमा पोखराका भुवन तिमिल्सिना निर्वाचित


  • आक्रमण न्युज
  • २०८२ श्रावण १२, सोमबार मा प्रकाशित १ साल अघि
  • ६७८ पाठक संख्या
  • पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२३–२०२५ कार्यकालका लागि सम्पन्न निर्वाचनमा कास्की पोखराका भुवन तिमिल्सिना राष्ट्रिय कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्। उनले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) प्रतिनिधित्व गर्दै ६,७०४ मत प्राप्त गरेर विजयी भएका हुन्।

    तिमिल्सिनासँगै जनक राज पौडेल र सुमन भट्टराई पनि राष्ट्रिय कार्यसमिति सदस्यमा विजयी भएका छन्। निर्वाचन समितिबाट सार्वजनिक अन्तिम मतपरिणाम अनुसार जनक राज पौडेलले ६,७३८ मत ल्याएर सबैभन्दा धेरै मत प्राप्त गरे भने तेस्रो स्थानमा सुमन भट्टराई रहे, जसले ६,४३९ मत प्राप्त गरे।

    भुवन तिमिल्सिना लामो समयदेखि अष्ट्रेलियामा नेपाली समुदायभित्र सामाजिक, साँस्कृतिक र संस्थागत क्रियाकलापमा सक्रिय रूपमा लाग्दै आएका व्यक्तित्व हुन्। पोखरा निवासी तिमिल्सिनाको निर्वाचन विजयले विशेष गरी पोखरेली समुदायमा उत्साह र खुसीको वातावरण सिर्जना गरेको छ।

    निर्वाचन परिणाम सार्वजनिक भएसँगै नेपाल र अष्ट्रेलियामा रहेका नेपाली समुदाय तथा सामाजिक सञ्जालमार्फत विजयी उम्मेदवारहरूप्रति बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना दिने क्रम जारी छ।

    अब यी विजयी उम्मेदवारहरूले आगामी दुई वर्षको कार्यकालमा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय कार्यसमितिमा प्रतिनिधित्व गर्दै ACT क्षेत्रका नेपालीहरूको हक, अधिकार, सहजीकरण र समृद्धि प्रवर्द्धनका लागि काम गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट