
नेपालगञ्ज । जापानमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै एनेक्स एजुकेशनल कन्सल्टेन्सीले नेपालगञ्ज निवासी प्रेरणा गिरीलाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।



नेपालगञ्जमा आज आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत संस्थाले उक्त घोषणा गरेको हो।
विगत ६ वर्षदेखि जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन र परामर्श प्रदान गर्दै आएको एनेक्स एजुकेशनल कन्सल्टेन्सी जापानमा अध्ययनका लागि भरोसायोग्य नामको रूपमा स्थापित हुँदै आएको छ।
यस अवधिमा सयौं नेपाली विद्यार्थीलाई जापानका प्रतिष्ठित शैक्षिक संस्थानमा भर्ना गराउन सफल भएको कन्सल्टेन्सीले टोकियो, ओसाका, हिरोसिमा लगायतका ए–ग्रेड विद्यालयहरूसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ।
यस सहकार्यकै आधारमा अब नेपालगञ्जमै बसेर विद्यार्थीहरूले जापानका विद्यालयहरूमा सिधै आवेदन दिन सक्ने सुविधा सुचारु गरिएको कन्सल्टेन्सीले जनाएको छ। यसले विद्यार्थीहरूलाई काठमाडौंसम्म जानुपर्ने झन्झटबाट मुक्त गराएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) नवराज केसीले जापानमा अध्ययनको योजना बनाउने विद्यार्थी र अभिभावकहरूले सही परामर्शको अभावमा कानुनी र व्यावहारिक समस्याहरू भोग्नुपरेको उल्लेख गर्दै एनेक्सले त्यसलाई मध्यनजर गरी आवश्यक जानकारी तथा परामर्श सेवा प्रदान गर्दै आएको बताए ।

उनले जापानको अध्यागमन नीति, भाषा, संस्कृति तथा कानुनी पक्षबारे समयमै जानकारी लिएर मात्रै अघि बढ्न विद्यार्थीहरूलाई आग्रह समेत गरे।
प्रेरणा गिरीको ब्राण्ड एम्बेसडर नियुक्तिले संस्थाको विश्वासीयता र युवाहरूबीचको पहुँच अझ सशक्त हुने विश्वास कन्सल्टेन्सीले लिएको छ।

प्रतिक्रिया दिनुहोस