
काठमाडौं । इम्बाेष्ट नम्बरमा देवनागरिक लिप नै कायम गर्न माग गर्दै माननीय भाैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई प्राज्ञिक विद्यार्थी परिषद्ले ज्ञापन पत्र बुझाएको छ ।
साेमवार विद्यार्थी परिषद्काे प्रतिनिधि टाेलिले भाैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेट गरी राेमन लिपिमा रहेकाे इम्बाेष्ट नम्बर अनिवार्य जडा गर्न यातायात व्यवस्थापन कार्यालयले निकालेकाे सुचना अव्यावहारिक र गैरसंवैधानिक भएको र नेपाली भाषा मास्ने याेजना अनुसार अनिवार्य लागू गर्न खाेजिएकाेले यसलाई सच्याउन माग गर्दै विद्यार्थी परिषद्ले ज्ञापन पत्र बुझाएको हाे
।
यतिखेर देशभर (देवनागरी लिपि) नेपाली भाषा हटाएर अङ्ग्रेजीमा लागू गर्न खाेजिएकाे इम्बाेष्ट नम्बर प्लेटकाे विरोध भइरहेको छ । यसलाई सरकार दबाब सिर्जना भइरहेको अवस्था स्वयं मन्त्रीज्युले बताएका छन् ।
विद्यार्थी परिषद्ले देशभरकाे जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र बुझाएर यस विषयलाई लिएर दबाब सिर्जना गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस