
भरतपुर । निर्माण व्यवसायी संघ चितवनले आफ्नो ३१ औं वार्षिक साधारण सभाको अवसरमा चितवनका चार पत्रकारलाई सम्मान गरेको छ।
संघले निर्माण व्यवसायीका हक–हित, अधिकार र आर्थिक गतिविधिबारे निरन्तर कलम चलाउँदै आएका पत्रकारहरुलाई सम्मानस्वरूप नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेको हो।



सम्मानित हुने पत्रकारहरुमा उज्यालो टाइम्सका प्रधान सम्पादक राजु भट्ट त्यस्तै शालिग्राम नेपाल, अस्मिता पराजुली र द्विप्ति विश्वकर्मा रहेका छन्।
सम्मानपत्र वितरण कार्यक्रम संघका अध्यक्ष दिनेशचन्द्र न्यौपानेको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
अध्यक्ष न्यौपानेले चितवनलाई कार्यक्षेत्र बनाई पत्रकारहरुले निर्माण व्यवसायीको गतिविधि र आर्थिक पाटोलाई जनतामाझ पुर्याउन खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै, सो योगदानकै सम्मानस्वरूप संघले पत्रकारहरुलाई विशेष सम्मान गरेको बताए।

प्रतिक्रिया दिनुहोस