आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

पुलिस बिट पुननिर्माण कार्य सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ आश्विन १०, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • २९८ पाठक संख्या
  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा रहेको प्रहरी बिट पुनःनिर्माण कार्य सम्पन्न भएको छ। जेन्जी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको प्रहरी बिटलाई रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौं, रोटरी क्लब अफ भादगाउ, घट्टेकुलो समाज तथा विभिन्न संघ–संस्थाको सहकार्यमा पुनःनिर्माण गरिएको हो।
    पुनःनिर्माण कार्य अन्तर्गत प्रहरी बिटमा रहेका सबै क्षतिग्रस्त भौतिक संरचनाहरूलाई मर्मत तथा प्रतिस्थापन गरिएको छ। डडेका बेड, फुटेका झ्याल–ढोका, दराज, पंखा, बत्ती, पानी आपूर्ति प्रणालीदेखि लिएर सम्पूर्ण रंगरोगन कार्यसम्म सम्पन्न भएको प्रहरीले जनाएको छ। यससँगै प्रहरी बिटले अब सहज रूपमा प्रहरी सेवाहरू संचालन गर्न सक्ने भएको छ।
    यस्तै, गत हप्ता रोटरी क्लब अफ डिल्लिबजारले यही क्षेत्रअन्तर्गत पर्ने प्रहरी वृत्तलाई पनि सहयोग स्वरूप विभिन्न राहत सामग्री हस्तान्तरण गरेको थियो। ती सामग्रीमा खाद्यान्न, ग्यास सिलिन्डर, चुल्हो लगायतका दैनिकी उपयोगी सामग्रीहरू रहेका थिए। यसले सुरक्षाकर्मीहरूको दैनिक जीवनयापनलाई केही सहज बनाएको छ।
    स्थानीय बासिन्दा र संघ–संस्थाको सहकार्यमा सम्पन्न यो पुनःनिर्माण कार्यले प्रहरी र समुदायबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। प्रहरी बिटको पुनःस्थापना र सहयोग कार्यले सुरक्षाकर्मीहरूको मनोबलमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट