
काठमाण्डौं । रोटरी क्लब अफ डिल्लिबजार, डिस्ट्रिक्ट शौचालय परियोजना अन्तर्गत झापा, गरामनि स्थित दुर्गा हाई स्कूललाई अन्तिम किस्ताको रूपमा रु. १,००,००० को चेक हस्तान्तरण गरेको छ। उक्त चेक क्लबका अध्यक्ष रोटेरियन प्रेम ओलीले दुर्गा हाई स्कूलका प्रतिनिधि योगेश पाण्डेलाई क्लबको कार्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभयो। कार्यक्रममा पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना, पास्ट प्रेसिडेन्ट रोटेरियन इन्दिरा पराजुली, संयुक्त सचिव रोटेरियन विष्णु बहादुर खत्री, रोटेरियन मनोहारी थापा (क्लबका मिडिया परसन ) ,रोटेरियन विष्णु पराजुली, र इन्टर्याक्ट रेजिना लेखकको उपस्थिति थियो। कार्यक्रमका क्रममा अध्यक्ष रोटेरियन प्रेम ओलीले परियोजनाका उद्देश्य र सफलताका बारेमा प्रकाश पार्दै रोटरीको निरन्तर सामुदायिक सेवाप्रति समर्पण र योगदानको चर्चा गर्नुभयो। त्यसैगरी, पास्ट प्रेसिडेन्ट डा. तिमिल्सिनाले रोटरीको विश्वव्यापी मानवसेवा प्रयास र सामाजिक विकासमा यसको भूमिकाबारे जानकारी गराउनु भयो । रोटरी क्लब डिल्लिबजारले उक्त परियोजना रोटरी अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२९२ को आधारभूत शिक्षा भिभाग र स्थानीय सरकारको सहकार्यमा सम्पन्न गरिएको हो। परियोजनाको मुख्य उद्देश्य सामुदायिक विद्यालयको सरसफाइ तथा स्वच्छता सुधार गर्नु रहेको छ।
प्रतिक्रिया दिनुहोस