आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

कोहलपुरमा ‘लागुऔषध तथा दुर्ब्यसन नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला तथा नाटक सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ पौष ४, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ३०० पाठक संख्या
  • कोहलपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, कोहलपुर एकाइ अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय एकाइको आयोजनामा ‘लागुऔषध तथा दुर्ब्यसन नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता तथा सचेतनामूलक नाटक सफलतापूर्वक सम्पन्न भएको छ।

    शुक्रबारे कार्यक्रमअन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालयको मुख्य प्रायोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले लागुऔषध दुरुपयोग र दुर्ब्यसनले समाजमा पार्ने असर तथा त्यसको नियन्त्रणमा विद्यार्थीको भूमिकाबारे धारणा प्रस्तुत गरेका थिए। साथै, लागुऔषध तथा दुर्ब्यसनसम्बन्धी सन्देशमूलक नाटक पनि मञ्चन गरिएको थियो।

    कार्यक्रमको अध्यक्षता प्राज्ञिक विद्यार्थी परिषद् ज्ञान ज्योति एकाइकी अध्यक्ष भावना लामिछानेले गर्नुभएको थियो। प्रमुख अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुली रहनुभएको थियो भने विशिष्ट अतिथिमा सहायक प्रधानाध्यापक बद्री पौडेल र प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशका अध्यक्ष भीम रोकाय सहभागी हुनुभएको थियो।

    वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा धनप्रसाद पौडेल, रामसेवक मौर्य तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोहलपुर एकाइका अध्यक्ष बिरङ्गना योगी रहनुभएको थियो।

    कार्यक्रममा सहभागी, प्रतिस्पर्धी तथा उत्कृष्ट हुने सबै विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै अध्यक्ष भावना लामिछानेले कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रम सञ्चालन पुष्पा जिलाले गर्नुभएको थियो।

    आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीमा सचेतना बढाउनुका साथै समाजमा लागुऔषध तथा दुर्ब्यसनविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट