आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

निशुल्क पानी बितरण कार्यक्रममा रोटरी क्लब डिल्लिबजार काठमाडौं


  • आक्रमण न्युज
  • २०८३ बैशाख ३, बिहिबार मा प्रकाशित १ महिना अघि
  • २१० पाठक संख्या
  • काठमाण्डौ । अनामनगरस्थित गणेश मन्दिर परिसरमा सञ्चालन हुँदै आएको निशुल्क पानी वितरण कार्यक्रमप्रति सम्मान प्रकट गर्दै रोटरी क्लब अफ डिल्लिबजार ले उक्त सेवामूलक कार्यमा सहकार्य गरेको छ।
    गणेश श्री गणेश महिला समूहद्वारा विगतदेखि निरन्तर रूपमा बटुवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस पुण्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। विशेषगरी गर्मीयाममा यात्रु तथा सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले गरिएको यो पहललाई स्थानीयवासीले उच्च प्रशंसा गरेका छन्।

    यसै सन्दर्भमा, रोटरी क्लब अफ डिल्लिबजार का अध्यक्ष प्रेम वलीले महिला समूहको सेवामूलक कार्यको उच्च कदर गर्दै एक वर्षका लागि आवश्यक सहयोगस्वरूप नगद रकम हस्तान्तरण गर्नुभएको छ। उहाँले समाजसेवामा समर्पित यस्ता अभियानहरूलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उक्त पुन्य कार्यमा १२ जना रोटरियन सहयोग रहेको जानकारी गराउदै सबै सहयोगी मनहरुलाई धन्यबाद प्रकट गर्नु भएको थियो ।

    कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, प्रेसिडेन्ट इलेक्ट सुजिता अधिकारी तथा सचिव सन्ध्या राजभण्डारीको उपस्थिति रहेको थियो। सहभागीहरूले महिला समूहको निरन्तर सेवाप्रतिको समर्पणको प्रशंसा गर्दै यस्ता कार्यले समाजमा मानवताको भावना बलियो बनाउने धारणा व्यक्त गरेका थिए।

    महिला समूहकी सक्रिय सदस्य निर्मला सुबेदी मिश्रका अनुसार, दैनिक रूपमा करिब दुईदेखि तीन जार पानी वितरण हुँदै आएको छ। यस कार्यले विशेषगरी यात्रु, मजदुर तथा सर्वसाधारणलाई सहजता प्रदान गर्दै आएको छ।
    समाजसेवामा आधारित यस्ता उदाहरणीय कार्यहरूले सामाजिक एकता र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट