आज: २०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

उच्च शिक्षाका लागि भरपर्दो गन्तव्य बन्दै युनिक्याम्पस ग्लोबल चितवन


  • आक्रमण न्युज
  • २०८३ बैशाख १३, आईतबार मा प्रकाशित ७ घण्टा अघि
  • १२३ पाठक संख्या
  • चितवन । विगत २५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय युनिक्याम्पस ग्लोबल चितवन ले उच्च शिक्षाका लागि स्वदेश तथा विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको विश्वास जित्दै आएको छ। गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले आज लायन्स चोकस्थित जोशी भवन मा आफ्नो स्थानान्तरण गरिएको नयाँ कार्यालयको उद्घाटन सम्पन्न गरेको छ।

    एक विशेष समारोहका बीच आयोजित उद्घाटन कार्यक्रमको उद्घाटन युनिक्याम्पस ग्लोबल चितवनका अध्यक्ष श्री जीवन के.सी. ले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले गुणस्तरीय शैक्षिक परामर्शमार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अवसरसँग जोड्दै आएको संस्थाको आगामी यात्रा अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।


    कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक श्री रवि लाल खरेल ले संस्थाले विगत २५ वर्षदेखि प्रदान गर्दै आएको सेवा, नयाँ कार्यालय स्थानान्तरणको उद्देश्य, आगामी योजना तथा विद्यार्थीलाई उपलब्ध गराइने सेवा सुविधाबारे जानकारी गराउनुभएको थियो। उहाँले विशेषगरी अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा लगायतका गन्तव्यमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै संस्थाले अझ प्रभावकारी सेवा विस्तार गर्ने बताउनुभयो।

    युनिक्याम्पस ग्लोबल चितवनमार्फत IELTS तथा PTE तयारी कक्षासमेत सञ्चालन हुँदै आएका छन्। अनुभवी परामर्शदाता, प्रभावकारी तयारी कक्षा तथा विद्यार्थीमैत्री वातावरणमार्फत संस्थाले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।

    विद्यार्थीलाई सही गन्तव्य छनोट, आवेदन प्रक्रिया, भिसा प्रक्रिया तथा परीक्षा तयारीमा एकीकृत सहयोग उपलब्ध गराउँदै आएको युनिक्याम्पस ग्लोबल चितवन पछिल्लो समय उच्च शिक्षाका लागि भरपर्दो शैक्षिक परामर्श केन्द्रका रूपमा स्थापित बन्दै गएको छ। नयाँ कार्यालय उद्घाटनसँगै संस्थाले आफ्नो सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट