आज: २०८३ जेष्ठ ५, मंगलबार | Tue, 19, May, 2026

विद्यालयस्तरीय सडक सुरक्षा सचेतनामूलक कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८३ जेष्ठ ४, सोमबार मा प्रकाशित १६ घण्टा अघि
  • ४३ पाठक संख्या
  • काठमाडौं । रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौं तथा रोटर्याक्ट क्लब अफ डिल्लिबजारद्वारा आज मैतिदेवीस्थित अल्बर्ट सेकेन्डरी स्कूलमा “विद्यालयस्तरीय बालबालिकासँग सडक सुरक्षा सचेतनामूलक कार्यक्रम” सम्पन्न गरिएको छ।

    कक्षा ६ र ७ का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा कार्यक्रम संयोजक रोटरियन दामोदर नेपालले सडक सुरक्षासम्बन्धी प्रस्तुति दिनुभएको थियो। उहाँले सडकमा सुरक्षित रूपमा कसरी हिँड्ने, ट्राफिक नियमहरूको पालना किन आवश्यक छ तथा आफूले सिकेका कुराहरू अरूलाई समेत कसरी जानकारी गराउने भन्ने विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो।

    कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्टहरूले पनि सडक सुरक्षा सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै बालबालिकालाई सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभएको थियो।

    रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले मे १३ देखि मे १९ सम्मलाई “रोड सेफ्टी सप्ताह” का रूपमा मनाउने घोषणा गरेअनुसार सोही अभियानअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा क्लब प्रेसिडेन्ट प्रेम कुमार वली, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, प्रेसिडेन्ट इलेक्ट सुजिता अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भू पोखरेल, शिक्षक–कर्मचारी तथा रोटर्याक्टका भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट