
काठमाडौँ । रोटरी क्लव अफ डिल्लिबजार, काठमाडौँका सक्रिय रोटरियन प्रभातराज पाण्डे प्रतिष्ठित “Paul Harris Fellowship” बाट सम्मानित हुनुभएको छ।
पाण्डेलाई फेलोसिप प्रमाणपत्र तथा विशेष पिन हस्तान्तरण गर्दै सम्मान गरिएको हो। उक्त सम्मान रोटरी क्लव अफ डिल्लिबजार काठमाडौँका पास्ट प्रेसिडेन्ट सागर निधि तिवारीद्वारा एक भव्य समारोहका बीच प्रदान गरिएको थियो।
समारोहमा रोटरीको सेवा, सामाजिक योगदान तथा नेतृत्व विकासमा पाण्डेले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उहाँलाई यो सम्मान प्रदान गरिएको आयोजकहरूले जनाएका छन्।
Rotary Club of Dillibazar Kathmandu ले आयोजना गरेको उक्त कार्यक्रममा रोटरी अभियानप्रतिको समर्पण र सामाजिक सेवामा निरन्तर सक्रियताका लागि पाण्डेको प्रशंसा गरिएको थियो।
यो सम्मानले पाण्डेको सामाजिक सेवाप्रतिको योगदानलाई थप प्रेरणादायी बनाउने विश्वास व्यक्त गरिएको छ।
Paul Harris
प्रतिक्रिया दिनुहोस