आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

पत्रकार महासंघ चितवनमा पनि लाग्यो ताला


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १४, सोमबार मा प्रकाशित २ साल अघि
  • ४४७ पाठक संख्या
  • एलिशा तिमिल्सिना
    चितवन । नेपाल पत्रकार महासंघ चितवनले सदस्यता सुद्धिकरणको नाममा मनपरी ढङ्गबाट विभेदपुर्ण निणर्य गरेको भन्दै चितवनका पाँच संगठनले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ चितवन शाखामा आज सोमवार तालाबन्दी गरेको छ ।
    महासंघले यहि कार्यकालमा मात्रै अहिले सहित तिन पटक सम्म सदस्यताको नतिजा प्रकाशन गरेको र सो नतिजा विभिन्न संगठनले सिफारीस गरेको भन्दा अन्य भएकोले मनपरी तन्त्र गरेकोलगायतको आरोप लगाएर पाँच संगठनले आज तालबन्दी गरेका हुन् । तालाबन्दी गर्नुअघि पाँच संगठनका प्रतिनिधित्व गर्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीलाई ज्ञापन पत्र बुझाए । सो क्रममा बोल्दै युनियन अध्यक्ष ढकालले पत्रकार महासंघमा संगठनहरुले सहमति जनाएका भन्दा बाहिरको सदस्यता थपघट गरेको भन्दै यो मान्य नहुने बताए ।

    त्यस्तै प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित, प्रेस सेन्टरका अध्यक्ष सुर्य पाठक, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिना लगायतले महासघले सदस्यता सुद्धिकरणको नाममा मनपरीतन्त्र गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । सदस्यता सुद्धिकरण जिल्लातहबाट टुंगो लागेका विषयलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले विधिसम्मत रुपमा सदस्यता सुद्धिकरणलाइै अगाडि बढाउनुपर्नेमा जोड दिए ।
    सयुक्त जरुपमा जारी भएको ज्ञापनपत्र बुझ्दै महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले संगठनहरुले उठाएको सवालमा आफूले पनि एक्यवद्धता जनाए । उनले महासंघ चितवन शाखाले सिफारिस गरेको भन्दै फरक लिस्ट बाहिर सार्वजनिक भएको भन्दै आपत्ति जनाए । उनले भने–‘तपाईहरुको आन्दोलनमा मेरो पनि समर्थन छ, यहाँ हामीले गरेको निर्णयलाई केन्द्रले कुल्चिएको छ, हामी यही अवस्थामा चुनाव गराउदैनौं ।’
    महासंघले यही जेठ २६ गते निर्वाचन घोषणा छ । तर सदस्यता सुद्धिकरणलाई लिएर देशैभर विरोध भइरहेको छ ।
    हेक्का रहोस नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पनि विभिन्न संगठनहरुले यस अघिनै ताला बन्दी गरि सकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट