आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नारायणगढमा सिजी मोर्टसको हिरो एक्सचेञ्ज मेला


  • आक्रमण न्युज
  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ३७२ पाठक संख्या
  • आषाढ १६, २०८१
    चितवन । नेपालका लागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले पहिलोपटक हिरो एक्सचेञ्ज र इभल्भ सो रुम एक्सचेञ्ज मेला सुरु गरेको छ ।
    नेपालभर असार ६ गतेबाट शुरु गरिएको यो अफर असार २१ गतेसम्म सञ्चालन हुने हिरो ब्रान्डका नारायणगढका बिक्रेता यूरो मोटर्स प्रा. लि.का प्रबन्ध निर्देशक सन्तोष भट्टराईले जानकारी दिए ।
    एक्सचेन्ज मेलामा ग्राहकले कुनैपनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा भएको बजार मूल्याङ्कन भन्दा आठहजार रुपैयाँ बढी थप मुल्याङ्कन पाउनेछन् । साथै, ग्राहकले एक्सचेञ्ज अफरको समयमा नगदमा मोटरसाईकल खरिद गर्दा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेलमेट पनि प्राप्त गर्ने भट्टराईले बताए ।
    एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्सपल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, जुम स्कूटर जस्ता दुई प्राङग्रे सवारी लिन सक्ने कम्पनीले जनाएको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट