आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

चितवनको राप्तीमा शिक्षक सरुवामा मनपरी : फिर्ता लिन अनेरास्ववियुको माग


  • आक्रमण न्युज
  • २०८१ श्रावण १९, शनिबार मा प्रकाशित २ साल अघि
  • २८९ पाठक संख्या
  • श्रावण १९, २०८१
    चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले राप्ती नगरपालिकामा भएको शिक्षक सरुवा फिर्ता लिन माग गरेको छ ।
    शैक्षिक सत्र शुरु भएको ३ महिना बितिसकेको अवस्थामा मनोमानी ढङ्गबाट शिक्षक सरुवा गरिएपछि फिर्ता लिन माग गरिएको अनेरास्ववियुले जनाएको छ ।
    राप्ती नगरपालिकाले असार ३० गतेको निर्णय अनुसार राप्ती नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सरुवा गरेको छ ।
    शैक्षिक सत्र शुरु भएको ३ महिना बितिसकेको अवस्थामा प्रचलित कानुनको शिक्षा नियमावली, शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ र राप्ती नगरपालिकाको शिक्षा ऐन २०७४ को दफा २० उपदफा ४ को नियम विपरित शिक्षकहरुलाई हतोत्साहीत हुने गरी साथै विद्यार्थीहरुको पठनपाठनमा समेत प्रभाव पार्ने गरी नियम विपरित शिक्षक सरुवा गरिएको भन्दै त्यो सरुवा अविलम्व फिर्ता लिई समस्याको समाधान गर्न अनेरास्ववियुले माग गरेको छ ।
    माग पूरा नभए अनेरास्ववियु चरणवद्ध आन्दोलनमा उत्रने र यसबाटे सिर्जना हुने परिणामको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
    उक्त विज्ञप्ति प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी र शिक्षा शाखा प्रमुख रगुना देउजालाई अनेरास्ववियुले बुझाएको छ । अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य, उपाध्यक्ष सरोज तिमिल्सिना, सचिव अमित आचार्य र अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्ष उमाकान्त कँडेल लगायतको टोली नगरपालिका पुगेर ध्यानाकर्षण गराउँदै विज्ञप्ति बुझाएको हो ।
    विज्ञप्ति बुझाउँदै अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेतीले राप्ती नगरपालिकामा राजस्व तिर्न नपाउँदा जनताले पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको भन्दै यो समस्या समाधान गर्न पनि माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट