आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

आजको मौसमः तराइका हवाइ उडडयन प्रभावित हुने


  • आक्रमण न्युज
  • २०८१ मंसिर २६, बुधबार मा प्रकाशित १ साल अघि
  • २२६ पाठक संख्या
  • मंसिर २६, २०८१
    काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।
    दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
    राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
    बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट