
आषाढ ७, २०८१
चितवन । माओवादी केन्द्रकी बागमती प्रदेश कमिटी सदस्य एवम् जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रीय उपाध्यक्ष शान्ता पोखरेल एमाले प्रवेश गरेकी छन् ।
आज भएको नेकपा एमाले जिल्ला कमिटी चितवनको बैठकमा उनी पार्टी प्रवेश गरेकी हुन् ।
उनलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश गर्दै उनले अब देश विकास गर्ने एकमात्र पार्टी नेकपा एमाले भएकाले एमालेमा आएको बताइन् । उनले पार्टीमा आफूलाई नयाँपनको व्यवहार नदेखाउन आग्रह पनि गरिन् । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गरेर आफू नेकपा एमाले बनाउन लागि पर्ने उनले वाचा गरिन् ।





प्रतिक्रिया दिनुहोस