आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

नारायणगढको उज्यालोको परावर्तन चौकी डाडामा


Thumbnail
  • आक्रमण न्युज
  • २०८१ आश्विन २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • २८२ पाठक संख्या
  • होमनाथ न्यौपाने

    २२, आश्विन २०८१
    भरतपुर।भरतपुर महानगर पालिकाका पर्यटकिय चौकी डाडामा रातको समयमा भरतपुर नारायणगढ वजारको उज्यालाेको परावर्तन चौकी डाडामा पुग्दछ। नारायणगढ भरतपुर वजार झिलिमिली हुँदा त्यसको मधुर उज्यालो चौकी डाडामा देखिन्छ। समुन्द्र सतहदेखि भरतपुर १३० मिटरको उचाइमा रहेको छ भनें चौकी डाडा १२०० मिटरको उचाईमा अवस्थित छ। भरतपुरवाट सडक मार्गवाट २६ कि मि छ भनें स्काइ हावापानीका कारण यो गन्तव्य हिल स्टेसनको रुपमा विकसित भैरहेको छ।गर्मी मौसममा यो गन्तव्य आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा  पर्दछ। पहाडी भुगोलको हावापानी पाइने यो गन्तव्यवाट हिमाल तथा राप्ती भ्यालीको दृश्यावलोकन गर्ने सकिन्छ।रातको समयमा देखिने राप्ती भ्यालीको झलमल्ल दृश्यले दार्जिलिङ सिक्किम तथा युरोपको झल्को मेटाउछ।
    <span;>           भरतपुर महानगरपालिका वडा नं २९मा अवस्थित यो गन्तव्य प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट हिल स्टेसनको रुपमा परिचित रहेको चौकी डाडा टोल विकास संस्थाका अध्यक्ष एव समाज सेवि विवश गुरुङ बताउनुहुन्छ।उत्तरमा हिम श्रृङ्खला र दक्षिणमा नारायणगढ भरतपुर टाडी पर्सा चितवन, मकवानपुर , देवचुली मौलाकालिका देवघाट अादिको दृश्यावलोकन गर्न सकिन्छ।१२०० मिटरको उचाइमा अवस्थित चौकिडाडामा अौसत तापक्रम १७ डिग्री सेल्सियस को हाराहारीमा हुन्छ।    नारायणगढ – मुग्लिन सडकखण्डको भोर्लेवाट ९ किमि को दुरीमा यो गन्तव्य पर्दछ।<span;>भरतपुरमा उखरमाउलो गर्मी हुँदा भरतपुर महानगरको  २९ नम्बर वडामा पर्ने चौकि डाँडामा गर्मिको कुनै पर्वाह हुदैन।। जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा  यो स्थानमा भने मौसम शीतल हुन्छ।  चितवनको सदरमुकाम भरतपुरबाट करिब २६ किमिको दुरीमा रहेको यो स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो  क्षेत्रमा पर्यटकीय  पुर्वाधार विकास गरि  प्रवद्र्धन गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट