



२५ आश्विन २०८१/ तिर्थ पौडेल
भरतपुर।विकास साधन हो साध्य होइन । उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी क्रमश सबै क्षेत्र, लिङ्ग, जाति, भाषा भाषीको उन्नति हुनु विकास हो। त्यस्तै सन्दर्भमा नेपालको मध्य क्षेत्र चितवन जिल्ला अन्तर्गत भरतपुर महानगरपालिका उत्कृष्ट
महानगरपालिका मध्येको एक हो भने पवित्र नारायणी नदीको छेउ किनारमा अवस्थित नारायणगढ बजार समग्र चितवन र नवलपरासी जिल्लाको महत्त्वपूर्ण व्यापारिक केन्द्र हो। जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी शाखा ,जिल्ला प्रहरी कार्यालय विद्युत प्राधिकरण कार्यालय ,टेलिकम्युनिकेसन अफिस, जिल्ला खानेपानी कार्यालय ,जिल्ला डिभिजन वन कार्यालय, घरेलु उद्योग कार्यालय ,केन्द्रीय बस पार्क ,एयरपोर्ट ,सरकारी, सरकारी ,पब्लिक तथा प्राइभेट अस्पताल, निर्माणाधीन महानगरीय प्रशासकीय भवन ,भर्खरै सञ्चालित दियालो बंगाला सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यता पवित्र तीर्थस्थल देवघाट धाम निर्माणाधीन सिटीहल जस्ता व्यवसायिक तथा सेवामूलक संघ संस्थाले भरतपुर क्षेत्र सबै दृष्टिकोणबाट सम्पन्न मानिन्छ ।
७८औं जिल्लाबाट परिचितले भरतपुर नारायणगढ क्षेत्र आर्थिक तथा राजनैतिक रूपले शक्तिशाली मानिन्छ। तथापि ठूलाठूला राजनीतिक पार्टीहरूले समयनुकूल जनचाहना अनुसार विकासका लागि
इच्छाशक्ति समयमै देखाउन सकेनन् फलस्वरूप विकासले उचाइ पनि लिन सकेन ।एकात्मक राज्य प्रणालीद्वारा २०३६ साल, २०४६ साल बाट २०६२ साल ,६३ सालको ऐतिहासिक जनआन्दोलन, विस्तृत शान्ति सम्झौता हुँदै संविधानसभाबाट संविधान बनाउन सबै दलहरूको राजनीतिक सहमति भयो। राजनीतिक खिचातानीका बीचमा बनेको २०७२ सालको संविधानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता धर्म निरपेक्षता ,समावेशी तथा समानुपातिक जस्ता ऐतिहासिक उपलब्धिहरूलाई सही कार्यान्वयन गर्नुभन्दा पनि आलोचनामा आत्मरति लिने महत्त्वाकांक्षा नै आजको विकासको मूल समस्या हो। राजनैतिक आक्षेप ,आरोह अवरोहबीच स्थापित भरतपुर महानगरपालिकाको नेतृत्व रेणु दाहाल र उहाँका सहयोगीहरूले सम्हालेपछि राजनैतिक चस्मा लगाएर होइन व्यवहारवादी भएर मान्नुपर्दछ समग्र विकासमा कोसेढुंगा साबित भएको छ ।संघीयताको मर्म सँगै भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा बनेका बाटोघाटोको सुविधाले नदी तथा जङ्गल छेउछाउमा बनेका होटल तथा रेस्टुरेन्ट ,पार्टी प्यालेस ,खेलमैदान हाटबजार ,संग्रहालय ,व्यापारिक पसल ,क्षेत्रीय अस्पताल ताल तलैयाको मर्मत संहार ,मन्दिरहरूको स्थापना ,अम्ब्रेला स्टेट जस्ता सुविधाजनक सार्वजनिक सेवाले भरतपुर महानगरपालिकाको गौरव बढेको छ।
भरतपुर महानगरपालिकामा भएका विकास योजनाहरु र सकारात्मक प्रभाव को
१) गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला।
गौतम बुद्ध अन्तराष्ट्रिय रड्गशाला चितवन जिल्ला मात्र नभई समग्र नेपाल लगायत अन्तर्राष्ट्रिय खेल खेलाडीका लागि गौरवको आयोजना हो। रङ्गशालाको बाँकी कार्य भरतपुर महानगरपालिका र बागमती प्रदेशको संयुक्त लगानीमा एकैपटक १० हजार जना दर्शकको क्षमताको प्याराफिट र ७८ करोड ५० लाखको लागतमा ३० महिनाभित्र समन्वय गर्ने गरी अगाडि बढेको छ।
२)पुल्चोक गोन्द्राङ छ लेन सडकखण्ड
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर गोन्द्राङ छलेनको बाटो अन्तिम चरणमा पुगेको छ। सडकको निर्माण कार्य करिब ९० प्रतिशत सकिँदै गर्दा भरतपुर र नारायणगढ क्षेत्र आकर्षक मनमोहक र सौन्दर्यकरण हुने निश्चित छ। यस सडकको लम्बाई करिब ५.५ किलोमिटर रहेको र सडकको लागत 1 अर्ब 12 करोड रहेको छ।
३)नारायणी तटबन्द
नारायणी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूले वर्षाको समयमा झेल्नुपर्ने समस्यालाई मध्यनजर गर्दै नारायणी सी बीचमा पर्ने समस्या ग्रस्त क्षेत्रमा तटबन्द गर्ने गरी नियन्त्रणका लागि २ अर्ब५४ करोड ५० लाखमा ठेक्का सम्झौता भई करिब ६०% कार्य सम्पन्न भएको छ।
४)जङ्गली जनावरका लागि मेष जाली
मानवीय तथा बालीनालीको क्षतिलाई न्यूनीकरण गर्न संघीय सरकारको विशेष अनुदान र भरतपुर महानगरपालिकाको प्राथमिकता सहित वडा नम्बर १६ ,२२ ,२४ ,२५,२७ र २८ मा ठाउँ ठाउँमा मेष जालीको व्यवस्थापन र निर्माण भएको छ। सबै क्षेत्रका वासिन्दा ले सुरक्षित महसुस गरेका छन्।
५) विमानस्थल विस्तार योजना
भरतपुर विमानस्थलको स्तर उन्नतिका लागि संघीय सरकारबाट चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यता विमानस्थल विस्तारका लागि ब्यारेकको पश्चिम पट्टिको प्रजनन केन्द्रलाई शक्तिखोरमा स्थानान्तरण गर्ने गरी सहमति भएको छ। विमानस्थलको विस्तारले रात्रि सेवा तथा ५० सिटे जहाज अवतरण गर्ने अनुमान गरिएको छ। १४ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन आधुनिक टर्मिनल भवनमा एकैपटक १००० यात्रुले सेवा लिन सक्नेछन् । १ अर्ब ९२ करोड७० लाखमा निर्माण भइरहेको छ।
६)महानगरीय रिङ्गरोड
भरतपुर महानगरपालिकाको पहल र तीन तहकै सरकारको लगानीमा ८८.६ किलोमिटरको लामो रिङरोड निर्माण कार्य भइरहेको छ। रिङरोडको करिब ८०% कालोपत्रे भइसकेकाले सार्वजनिक सवारी साधनहरू सञ्चालनमा आउन थालेपछि नदी किनार र जङ्गल नजिकका व्यवसायहरू फस्टाउने अपेक्षा गरिएको छ।
७) शिक्षाको गुणस्तरमा सुधार
शिक्षामा देखिएको व्यापारीकरणलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिकाले विगत ७ वर्षदेखि सार्वजनिक स्कुलमा पढ्न जाने विद्यार्थीका लागि बस सञ्चालनमा ल्याइएको छ। गरिव तथा जेहेन्दार विद्यार्थीका लागि भरतपुर महानगरपालिकाको आन्तरिक स्रोतबाट छात्रवृत्तिको व्यवस्था गरिएको छ भने स्वास्थ्य समस्यामा अटिजम तथा डाउन सिन्ड्रोम भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गरिएको छ।
८)सरकारी अस्पतालको स्तर उन्नति
केही वर्ष अगाडि अति आर्थिक कमजोर मानिसहरू मात्र सरकारी अस्पतालमा उपचार गर्न जान्छन् भन्ने मानसिकता परिवर्तन भएको छ। दैनिक रुपमा करिब एक हजार देखि १५०० सम्मले उपचार गर्न आउन थालेपछि समग्र अस्पतालका सेवा सुविधामा वृद्धि गर्नुपर्ने देखिन्छ अस्पतालको वरिपरि बनेका वातावरणीय सौन्दर्यताले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने पनि देखिन्छ।
९)भरतपुरका मुख्य सडकमा स्मार्ट लाइट
विभिन्न प्रकारका सुविधा र सुरक्षा प्रदान गर्ने हेतुले भरतपुर महानगरपालिकाको मुख्य सडकमा १० वटा हाइ मस्ट, ६० वटा मिनिमास्ट ,६००० भन्दा बढी स्मार्टबत्ती र ३९३५ वटा सडक बत्ती जडान कार्य भएको छ। यसले उज्यालो भरतपुर बनाउन सहयोग गर्ने देखिन्छ।
१०) सिंचाइको व्यवस्था
कृषि उत्पादनमा प्रचुर सम्भावना रहेको पश्चिम चितवन उचित सिंचाई व्यवस्थापनको कमीले उत्पादनमा वृद्धि हुन सकेको थिएन विगत केही वर्ष यता महानगरपालिकाले साना सिंचाई तथा मर्मत कार्यका लागि ८०० वटा बोरिङ वितरण गरेको छ। जसबाट १२०० बिघा जमिन कृषियोग्य भूमिमा परिणत भएको छ। चितवनलाई सदाबहार हरियाली र उत्पादन ।वृद्धि गर्नका लागि काम अगाडि बढेको छ
११)भरतपुर भ्रमण वर्ष २०२४
कार्यमा आधारित भरतपुर भ्रमण वर्ष २०२४ शानदार रूपले सम्पन्न हुने तयारीमा छ। नारायणी नदी ,राप्ती नदी र बरणडाभारलाई चक्रपथको रुपमा बनेको बाटोको विकासले भरतपुर नारायणगढ घुम्न लायक पर्यटकीय क्षेत्र झन्डै झन्डै साबित भइसकेको छ। चारकोसे झाडीको रूपमा विश्वमा परिचित भएको चितवन राष्ट्रिय निकुञ्जमा दृश्यावलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरू अघिल्लो वर्ष २ लाख९९ हजार ४१२ रहेकोमा यस आर्थिक वर्ष ८०/८१ मा ३६८३७ ०पर्यटक निकुञ्ज प्रवेश गरेकाले भ्रमण वर्ष २०२४ लाई सफल मान्न सकिन्छ।
दिगो रूपले पर्यटन आवागमनका लागि स्वदेशीहरूलाई रोजगारको प्रबन्ध र विदेशी पर्यटकका लागि शान्ति सुरक्षा ,उपयुक्त बासस्थानको प्रबन्ध ,वातावरण मैत्री नदी किनार जस्ता व्यवस्थापनले आगामी दिनमा यसको उपदायता आगामी र उपलब्धिहरु हेर्न लायक हुनेछन् ।
१२) होटल व्यवसाय दक्षिण गोलाघाट देखि उत्तर चौकी डाडा सम्म विस्तार भएको छ।
१३) जग्गा को मुल्य मा उल्लेख वृद्ि भएको छ।
१४) गुणस्तरिय शिक्षा मा सबैको पहुँच पुगेको छ।
१५)समयको वचत
१६) आम नागरिकमा सामाजिक सुरक्षाको प्रत्याभुति
१७) पर्यटन व्यवसायमा वृद्धि
१८) कृषि उत्पादन र बजारिकरण मा सहजता
१९) सस्कृतिको संरक्षण र आदानप्रदान
२०) व्यवस्थित शहरि कारण मा सहयोग।
समग्र भरतपुर महानगरमा कालो पत्रे सडक सन्जाल बिस्तार ले केही नकारात्मक प्रभाव देखिन्छ।भरतपुर महानगरपालिका क्षेत्रभित्र सुविधाजनक बाटोको व्यवस्थापनले धेरैजसो विद्यार्थी ,कर्मचारी ,व्यवसायी आआफ्नै क्षेत्रबाट आफ्नै साधन तथा सार्वजनिक साधनमा आउने जाने हुनाले घर भाडाका रुपमा प्रयोग हुने सटरहरू खाली हुँदै जाने अवस्था आएको छ।
व्यापारिक स्थलहरूको व्यवस्थापन गाउँ क्षेत्रमै हुने हुँदा केन्द्रीकृत व्यापारिक केन्द्रबिन्दु बनेको नारायणगढ बजार दिनप्रतिदिन खस्कदो अवस्थामा देखिन्छ।
सामान्य रोजगारयुक्त व्यवसाय गाउँघरमै स्थापना हुँदै जाने कार्यले पनि नारायणगढ भरतपुर क्षेत्र उपेक्षित देखिन थालेको छ।
शहरि क्षेत्र को घर जगगा कारोबारमा कमी।
हरियाली वातावरण गाउँघरमै उपलब्ध बढी हुने हुनाले घर निर्माणका कार्यहरू पनि धमाधम भरतपुर नारायणगढ क्षेत्रभन्दा बाहिर भइरहेकोले छ।वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स पनि आआफ्नै क्षेत्रमा प्रयोग गर्ने प्रचलन बढेकाले भरतपुर नारायणगढ क्षेत्रको विकास कमि देखिँदै आउन थालेको हो।
आर्थिक रूपले बढी सम्पन्न यस क्षेत्रका युवा युवती विदेशिने प्रचलनले पनि यस क्षेत्रलाई नकारात्मक प्रभाव पार्दै जाने देखिन्छ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा आआफ्नै क्षेत्रमा उपलब्ध कलेज तथा स्वास्थ्य क्षेत्रमा सेवा लिने प्रचलन बढेको पाइन्छ।
समग्रमा भन्नुपर्दा विगत केही वर्षदेखि भरतपुर महानगरपालिकाले विकासमा गरेको योगदानले समग्र भरतपुर महानगर पालिका को विकास भएको छ। विकास विकेन्द्रीकरण भएकोले पुर्व देखी पश्चिम र उत्तर देखि दक्षिण सम्म विकास भएको छ।

प्रतिक्रिया दिनुहोस