आज: २०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

नारायणगढको झिलिमिली उज्यालाेले चौकी डाडालाइ पगरीमा गुत्था ………….


  • आक्रमण न्युज
  • २०८१ आश्विन २७, आईतबार मा प्रकाशित १ महिना अघि
  • १६७ पाठक संख्या
  •  

    २७, आश्विन २०८१/ होमनाथ न्यौपाने
    भरतपुर । रातको समयको भरतपुर /नारायणगढ वजारको उज्यालाेको परावर्तन महानगर पालिकाको पर्यटकीय गन्तव्य चौकी डाडामा पुग्दछ। नारायणगढ /भरतपुर वजार झिलिमिली हुँदा त्यसको मधुर उज्यालोले चौकी डाडालाइ चुम्बन गर्दछ। यस्तो लाग्दछ कि नारायणगढ, भरतपुरको उज्यालोले पुरै चौकी डाडालाइ पगरीमा गुथेको छ।

    चौकि ‌डाडाको गोल घर र भ्यु टावरवाट राप्तीभ्यालीलाइ नियाल्दा नारायणगढ वजारको झिलिमिली उज्यालाेले चौकी डाडालाइ अगालो मारेको भान हुन्छ। रातको समयमा भरतपुर को शिर चौकिडाडामा उभिएर राप्ती उपत्यकालाई नियाल्दा देवघाट देखि नारायणगढ, भरतपुर, टाडी, पर्सा,माडि ,र उपरदाडगढि सम्मले आफुलाई निर्वस्त्र देखाउछन्। चौकि डाडावाट देखिने दृष्यले सवै लाइ मोहित बनाउँछ। नारायणगढ वजारको झिलिमिलीले शान्त मुद्रामा एकनाशले वगिरहेकी नारायणी नदिलाइ टिलपिल बनाइ चौकी डाडालाइ एकोहोरो हेर्न बाध्य बनाउँछिन्।
    नारायणि नदिले चिसो हावा पठाइ चौकी डाडालाइ लगलग काम्ने बनाइ दिनरात जागै राख्दछिन्।
    नारायणगढ वजार समुन्द्र सतहदेखि १४० मिटरको उचाइमा रहेको छ भनें चौकी डाडा १२०० मिटरको उचाईमा अवस्थित छ। भरतपुरवाट सडक मार्गवाट २६ कि मि छ भनें स्काइ दुरि लगभग ७ कि मि को आसपासमा छ।हावापानीका कारण यो गन्तव्य हिल स्टेसनको रुपमा विकसित भैरहेको छ।गर्मी मौसममा यो गन्तव्य आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा  पर्दछ। पहाडी भुगोलको हावापानी पाइने यो गन्तव्यवाट हिमाल तथा राप्ती भ्यालीको दृश्यावलोकन गर्ने सकिन्छ।रातको समयमा देखिने राप्ती भ्यालीको झलमल्ल दृश्यले दार्जिलिङ सिक्किम तथा युरोपको झल्को मेटाउछ।    भरतपुर महानगरपालिका वडा नं २९मा अवस्थित यो गन्तव्य प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट हिल स्टेसनको रुपमा परिचित रहेको चौकी डाडा टोल विकास संस्थाका अध्यक्ष एव समाजसेवि विवश गुरुङ बताउनुहुन्छ।उत्तरमा हिम श्रृङ्खला र दक्षिणमा नारायणगढ भरतपुर टाडी पर्सा चितवन, मकवानपुर , देवचुली मौलाकालिका देवघाट अादिको दृश्यावलोकन गर्न सकिन्छ।१२०० मिटरको उचाइमा अवस्थित चौकिडाडामा औसत तापक्रम १७ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ।    नारायणगढ – मुग्लिन सडकखण्डको भोर्लेवाट ९ किमिको दुरीमा यो गन्तव्य पर्दछ।भरतपुरमा उखरमाउलो गर्मी हुँदा भरतपुर महानगरको  २९ नम्बर वडामा पर्ने चौकि डाँडामा गर्मिको कुनै पर्वाह हुदैन। जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा  यो स्थानमा भने मौसम शीतल हुन्छ।  चितवनको सदरमुकाम भरतपुरबाट करिब २६ किमिको दुरीमा रहेको यो स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट