आज: २०८२ श्रावण २, शुक्रबार | Fri, 18, Jul, 2025

जहाँ रहेपनी समाजसेवामा सक्रिय


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित १ महिना अघि
  • १७९ पाठक संख्या
  • होमनाथ न्यौपाने।
    भरतपुर। लमजुङ पुस्तौली थलो भएका प्रेम प्रसाद घिमिरे उच्च शिक्षा अध्ययनका लागि चितवन झर्नुभयो।अध्ययन सँगसगै शिक्षण पेशा र समाजसेवामा सक्रिय घिमिरे लामो समय चितवनमा रही शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याउनु भयो ।वाल्यकाल देखिनै समाजसेवामा विषेष चासो राख्ने घिमिरे चितवन मा समाज सेवामा सक्रिय रही नेतृत्व दायि भुमिकामा हुनुहुन्थ्यो।केही वर्ष अघि उच्च शिक्षा र अवसरको खोजीमा canada जानु भएका घिमिरे हाल Canada को Mississauga मा स्थायी रूपमा बसोबास गरिरहनु भएको छ।
    उहाले 2025-2027 लागि हुने निर्वाचनमा NRN Canada को NCC Board Member पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।
    समाजसेवा ,शिक्षा, नेतृत्व र सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका घिमिरेको अनुभव, दूरदृष्टि र समर्पणले NRN Canada को संस्था अझ सशक्त, सक्षम र समावेशी हुनेछ । तसर्थ यो ऐतिहासिक निर्वाचनमा उहाँलाई सफल बनाउन सम्पूर्ण NRN Canada मा आबद्ध सदस्यहरू, शुभेच्छुकहरू, र नेपाली समुदायका दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक अपील गर्दछु।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट