आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

राप्तीमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल नगर कमिटी गठन


  • आक्रमण न्युज
  • २०८१ बैशाख ३, सोमबार मा प्रकाशित २ साल अघि
  • ७०६ पाठक संख्या
  • वैशाख ३, २०८१
    चितवन । चितवनको राप्ती नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन भएको छ ।

    आज सम्पन्न राप्ती नगरपालिका स्तरीय भेलाले जीत बहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।

    नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी चितवनका अध्यक्ष सिताराम वलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका केन्द्र तथा प्रदेश कमिटीका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑