
जेष्ठ २५, २०८१
काठमाडौँ । काठमाडौँ महानगरको नगर सभाको १५ औं अधिवेशन जेठ ३२ गते आव्हान गरिएको छ । काठमाडौँ महानगरले एक सूचना प्रकाशित गर्दै जेठ ३२ गते राष्ट्रिय सभा गृहमा १५ औं नगर अधिवेशन हुने भएको हो ।
सूचनामा भनिएको छ । काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२ औं बैठकको निर्णयानुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश सभाबाट जारी भएको गाउँ/नगर/जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ३ बमोजिम काठमाडौँ महानगरपालिका नगर सभाको १५ औं अधिवेशन देहायको मिति, समय र स्थानमा बस्ने गरी आह्वान भएको हुँदा काठमाडौँ महानगरपालिका, नगर सभाका सम्पूर्ण सदस्यहरूलाई यसै सार्वजनिक सूचनाद्वारा उपस्थितिका लागि अनुरोध गरिन्छ ।
अधिवेशन २०८१ साल जेठ ३२ गते, शुक्रबार, दिनको १:०० बजे, राष्ट्रिय सभागृहको सभा हल काठमाडौँमा हुने छ ।

प्रतिक्रिया दिनुहोस