आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार


  • आक्रमण न्युज
  • २०८१ अषाढ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ४५१ पाठक संख्या
  • आषाढ ९, २०८१
    काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् ।
    उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् ।
    उनलाई सरकारले दक्षिण कोरियाको लागि राजदुतमा सिफारिस गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट