आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं-एकीकृत समाजवादी


  • आक्रमण न्युज
  • २०८१ अषाढ २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ६१५ पाठक संख्या
  • आषाढ २३, २०८१
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि विश्वासको मत दिने भएको छ ।
    आइतबार पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता जगन्नाथ खतिवडाले प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि एकीकृत समाजवादीले विश्वासको मत दिने जानकरी दिएका हुन् ।
    उनले भने( ‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौं । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । हामी सरकारलाई विश्वासको मत दिन्छौं ।ु
    यस अघि गठबन्धनमा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी्ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत नआउने स्पष्ट हुदा हुदै पनि प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
    प्रधानमन्त्री प्रचण्डलाई अहिले रास्वपा र एकीकृत समाजवादीले साथ दिने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑