Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

नेकपा (एमाले) भतपुर ११ को अध्यक्षमा गोकर्ण कार्की


  • आक्रमण न्युज
  • २०८१ भाद्र १५, शनिबार मा प्रकाशित २ साल अघि
  • ६४८ पाठक संख्या
  • भाद्र १५, २०८१
    चितवन । नेकपा (एमाले) भरतपुर ११ को अध्यक्षमा गोकर्ण बहादुर कार्की चयन भएका छन् ।
    आज सम्पन्न २३ औं वडा अधिवेशनले कार्कीको नेतृत्वमा सर्वसम्मतबाट ५१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
    कमिटीको उपाध्यक्षमा खेमलाल सुवेदी, सचिवमा हरिप्रसाद शर्मा, उपसचिवहरुमा विष्णुमाया तिमिल्सेना र सीता कुमारी वास्तोला चयन भएका छन् । अधिवेशनका अवसरमा पार्टीमा योगदान पुर्याउनेहरुलाई सम्मान समेत गरिएको छ ।
    भरतपुर महानगरपालिका वडा नम्बर ११ एमालेको किल्लाका रुपमा रहेको वडा हो । देशभरीकै वडाहरुमा भरतपुर ११ पार्टी संगठित सदस्यको संख्यामा सबैभन्दा अगाडि छ ।
    इश्वरी प्रसाद पण्डितको अध्यक्षतामा सम्पन्न अधिवेशनमा खुलासत्रको सञ्चालन गोकर्ण कार्कीले गरेको थिए भने बन्दसत्रको सञ्चालन प्रकाश आचार्यले गरेका थिए ।
    अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, पार्टी केन्द्रीय सदस्य विभाग सचिव विजय सुवेदी, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, बागमती प्रदेश कमिटी सदस्यहरु तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, अन्जना तिमिल्सेना, अस्मिन घिमिरे, जिल्ला सचिव प्रकाश ढुंगाना, एमाले चितवनका लेखा आयोग अध्यक्ष शंकर अधिकारीे लगायतका विभिन्न कमिटीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑