Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

एमाले चितवन ३ को प्रशिक्षण धादिङमा सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ कार्तिक ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३९८ पाठक संख्या
  • कार्तिक ८, २०८१
    चितवन । नेकपा एमाले चितवन क्षेत्र नम्बर ३ द्वारा धादिङको मलेखुमा आयोजित दुई दिने रणनैतिक प्रशिक्षण तथा योजना गोष्ठी सम्पन्न भएको छ ।
    क्षेत्र नम्बर ३ भुगोलभित्र रहेका जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, वडा कमिटी अध्यक्षहरुलाई प्रशिक्षण दिइएको हो । कुल ४२ जनाले प्रशिक्षण लिएका क्षेत्र नम्बर ३ का संयोजक सुदिप रेग्मीले जानकारी दिए ।
    प्रशिक्षकहरु केन्द्रीय संगठन विभाग सचिव एवम् पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलले जनताको बहुदलीय जनवाद र समाजवादका आधार सम्बन्धि, मोडिवेसन तथा विज्ञ आर सि लामिछानेले क्षमता अभिवृद्धि सम्बन्धि र राष्ट्रिय प्रशिक्षक केशव प्रसाद रेग्मीले नेतृत्व विकासका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
    योजना गोष्ठीले आगामी २०८४ मा हुने स्थानीय, प्रदेशिक तथा केन्द्रीय निर्वाचनका लागि महत्वपूर्ण छलफल सहितको रणनीतिक कार्यक्रम सम्पन्न गरेको संयोजक रेग्मीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑