आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

कास्की प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी


  • आक्रमण न्युज
  • २०८१ मंसिर ३, सोमबार मा प्रकाशित १ साल अघि
  • २८८ पाठक संख्या
  • कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिइएको छ । रास्वपा नेता  उत्तमप्रसाद पौडेलले पोखराको मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । कात्तिक ३ गतेदेखि लामिछाने कास्की प्रहरी हिरासतमा छन् । प्रहरीले हिरासतमा रहेकालाई भेट्न बिहान ७ देखि ९ र अपराह्न ३ देखि ५ बजेसम्मको समय छुट्टाएको छ। सो समयमा म सभापति लामिछानेलाई भेट्न गएको थिएँ,’ उनले उजुरीमा लेखेका छन्, ‘तर, प्रक्रिया पूरा गरिसकेपछि ड्युटीमा रहेका प्रहरीले माथिको आदेश भन्दै भेट्न नदिएकोले के कति कारणले अवरोध गरिएको हो भन्नेबारे प्रश्न गर्दा जवाफपनि नपाएकाले त्यसबारे आयोगको ध्यानाकर्षण गराउँदछु ।’
    उनले कास्की प्रहरी प्रमुख सहित केही प्रहरी अधिकारीलाई सचेत गराइदिन माग गरेका छन् । ‘प्रहरी उपरीक्षक श्याम ओलीया, प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा, प्रहरी निरीक्षक अविनाश जिसीलाई सचेत गराइदिनुहुन अनुरोध गर्दछु,’ उनले भने ।पौडेलले निर्दोष व्यक्तिलाई फसाउन लागिएको भन्दै आयोगको ध्यानाकर्षण गराए । ‘कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने व्यवस्था भए पनि सभापति लामिछानेको हकमा राज्यले नै गलत मनसायले अनुसन्धान गरिरहेको र अभियोजन पनि सोहीअनुसार निर्देशित हुने देखिएकाले यस तर्फसमेत आयोगको ध्यानाकर्षण गराउँछु,’ पौडेलको पत्रमा उल्लेख छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट