आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

यो पनि एक आश्चर्य


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६२१ पाठक संख्या
  • जेष्ठ २९, २०८१ / होमनाथ न्यौपाने
    भरतपुर। पृथ्वीको भुगोलमा विभिन्न आश्चर्यजनक तथ्य र घटना पाइन्छन् ।

    यो मध्येको एक घटना हो तारा खसेको खाल्डो । भरतपुर महानगरपालिका वार्ड नं २९ चौकी डाडामा यो खाल्डो अवस्थित छ । करिव १०० मिटर युनिफर्म गहिराइ रहेको यो खाल्डोको पिधमा अनौठो पदार्थ देख्न सकिन्छ । १२०० मिटर उचाइमा रहेको यो खाल्डो करिब १०० मिटर व्यासको छ ।

    उच्च उचाइमा रहेको यो खाल्डोमा छिर्दा हावाको वेगको अचम्मको आवाज अनुभव गर्न सकिन्छ। परापूर्व कालमा यो खाल्डो आकासबाट तारा खसेर वनाएको किम्बदन्ती रहेको छ। यो खाल्डोको अवलोकन पश्चात विश्वको आठौं आश्चर्यको भ्रमणको अनुभूति हुनेछ । यो खाल्डोमा अहिले मचान निमार्णको काम भैरहेको छ। मचान निमार्णपछि तारा खसेको खाल्डोको थप्न आश्चर्यजनक हुने समाजसेवी तथा चौकी डाडा टोल विकास संस्थाका अध्यक्ष विवश गुरुङ बताउँनु हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑