आज: २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ भाद्र ३०, आईतबार मा प्रकाशित ७ महिना अघि
  • २२६ पाठक संख्या
  • शंकर चिमरिया

    नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति चितवनले खैरहनिमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको पेसागत विकासका लागि विद्यालयमा गरिएका असल अभ्यास आदान प्रदान एवम् संगठनको वेबसाइट उदघाटन कार्यक्रम सम्पन्न गरेको छ। जिल्लामा रहेका एउटा सामुदायिक विद्यालयमा अपनाइएका असल अभ्यास अर्को विद्यालयमा पनि अनुसरण गरि समग्र सामुदायिक विद्यालयहरुको शैक्षिक विकासमा टेवा पुर्‍याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सो संगठनका जिल्ला अध्यक्ष तेजेन्द्र भुषालले बताउनु भयो ।उहाँले थप प्रष्ट पार्दै पछिल्लो समयमा हामी जस्ता शैक्षिक पेसागत संगठनहरुलाई पेसागद हकहितको मात्रै कुरा गर्ने तर शैक्षिक विकासकालागि केही नगर्ने भन्ने किसिमको जुन भाष्य श्रृजना भएको छ त्यसलाई चिर्न र समग्र शैक्षिक र पेशागत हकहितमा हामी लागेका छौ भन्ने कुरा बुझाउन समेत हामिले यस्ता कार्यक्रम निरन्तर रुपमा गरिरहेको र आगामि दिनमा पनि निरन्तरता दिनेबताउनु भयो ।
    नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका कोषाअध्यक्ष सुर्य बरालको प्रमुख आतिथ्यतामा सन्चालन भएको उक्त कार्यक्रममा सोहि संगठन बाग्मति प्रदेश महासचिव पुर्ण बहादुर पुरी ,शिक्षा बिकाश तथा समन्वय एकाई भरतपुरका प्रमुख भुमिलाल सुवेदी ,नि।बर्तमान भरतपुर महानगर शिक्षा अधिकारी महेन्द्र पौडेल ,पुर्व जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा र चोलेन्द्र पन्डित साथै अधिवक्ता जगन्नाथ भण्डारीले कार्यक्रममा आफ्नो बिचार राख्नु भएको थियो ।
    कार्यक्रममा चितवन जिल्लामा रहेका सात पालिकाबाट असल अभ्यास भएका एक(एक सामुदायिक विद्यालय छनोट गरिएको थियो । सात पालिकाबाट छनोटमा परेका विद्यालयहरुले आफ्नो विद्यालयको खराब भैसकेको विगत र अनुसरण गरिएको असल अभ्यास जसका कारण बर्तमानमा सबल र सफलताको बाटोमा पुगेको अवस्थाका बारेमा सम्बन्धि विद्यालयका प्र अ सरहरुले कार्यक्रममा उपस्थिति करिब १५० बढि शिक्षक साथिहरुलाई सुसूचित गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट