आज: २०८२ अषाढ ४, बुधबार | Wed, 18, Jun, 2025

क्रिकेटर सन्दीप लामिछालाई उच्च अदालतबाट सफाइ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १ साल अघि
  • ३७१ पाठक संख्या
  • जेठ २ काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गर्दै सफाइ दिएको हो ।

    उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डौको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

    यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाण्डौले आठ वर्ष कैद र पाँच लाख जरिबानाको सजाय सुनाएको थियो । यो फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

    २०७९ सालको भदौ २१ गते गौशाला २६ ९नाम परिवर्तन० ले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।

    उच्च अदालतको यो फैसलासँगै सन्दीपले टी–२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले उनलाई निलम्बनमा राखेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट