आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

आज भलिबल दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६०० पाठक संख्या
  • जेठ ८ काठमाण्डौ , –
    आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउने गरेको छ । सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।

    भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल सङ्घले लबिङ गरेको थियो । १९९० को दशकमा बेलायतबाट भलिबल नेपाल भित्रिएको पाइन्छ ।

    अहिले भलिबलको ७७ वटै जिल्लामा जिल्ला सङ्घ रहेका छन् । तर पछिल्ला वर्ष अरु खेल क्षेत्रका जस्तै भलिबलका पनि खेलाडी पलायन हुनेक्रम बढ्दो छ । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा अनावश्यक राजनीतिका कारण भविष्य अन्योल हुँदा खेलाडी पलायन हुन बाध्य छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट